११ असार,वीरगञ्ज । बाराको आदर्श कोतवाल गाउँपालिका–१ चिउटाहामा विषालु सर्पले टोक्दा एक किशोर गम्भीर बिरामी भएका छन्।
स्थानीय भैरो यादवका १५ वर्षीय छोरा मनोज यादव लाई बुधबार राति करिब १० बजे आफ्नै घरको दराज खोल्ने क्रममा दराजभित्र लुकेर बसेको विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ।
सर्पदंशपछि गम्भीर अवस्थामा रहेका मनोजको नारायणी अस्पताल मा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने उपचारमा परिवारका सदस्यहरू संलग्न छन्।
घटनाबारे अस्पतालबाट बिहीबार राति करिब १२:३० बजे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेन्द्र जयनगर बाट प्रहरी नायब निरीक्षक अजय बहादुर क्षेत्री को कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।