Logo

११ असार, काठमाडौं । लामो समयको अन्तरालपछि आह्वान गरिएको राष्ट्रिय सभाको बैठक आज पनि बस्दै नबसी स्थगित भएको छ ।

असार ५ गतेपछि ६ दिनको पर्खाइमा रहेको राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजेका लागि तय गरिएको थियो । तर, अन्तिम समयमा आएर ुविशेष कारणु देखाउँदै बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार, निर्धारित बैठक बस्न नसक्ने भएपछि भोलि शुक्रबार दिउँसो १ः१५ बजेसम्मका लागि बैठकको समय सारिएको छ ।

लामो समयको ग्यापपछि बस्न लागेको बैठक पनि प्रभावित भएपछि संसद्को कार्यसम्पादन प्रक्रियामा अन्योल देखिएको छ ।

यसअघि आजैका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक पनि स्थगित भइसकेको छ । संसद्का दुवै सदन एकैसाथ स्थगित हुँदा राजनीतिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार