Logo

११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार कुल २ हजार ९५९ मत खसेको छ । रास्वपाको चुनावमा १३ सय ५२ जनाले भने भोट हालेनन् । मतदान सकिएसँगै अहिले मुचुल्का उठाउनेलगायतका प्राविधिक कार्यहरू भइरहेका छन् भने केही समयभित्रै मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएलगत्तै आजै पदाधिकारी चयनका लागि पुनः मतदान प्रक्रिया अघि बढाउने पार्टीको योजना छ । नेता मनिष झाका अनुसार पदाधिकारीतर्फ खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुनेछ ।

महाधिवेशनको प्रक्रियालाई लिएर केही प्रतिनिधिहरूबाट असन्तुष्टि र भद्रगोलको गुनासो आए पनि पार्टीले मतदान प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने प्रयास गरिरहेको छ ।


सम्बन्धित समाचार
भर्खरै