Logo

१६ असार, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज (मंगलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

विशेष अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि त्यसविरुद्ध सर्वोच्चमा चुनौती दिइएको हो । उक्त निवेदनमाथिको बहसबारे निर्णय लिन न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलास तोकिएको छ ।

पदीय हैसियतमा रहँदा गैरकानूनी रूपमा लाभ लिएको र अवैध तरिकाले सम्पत्ति आर्जन गरेको गम्भीर आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई गत हप्ता नियन्त्रणमा लिएको थियो ।

विभागको सोही कदमको कानुनी वैधता परीक्षण गर्न आज सर्वोच्चको इजलासमा बहस हुन लागेकाले यस सुनुवाइलाई राजनीतिक र कानुनी वृत्तमा निकै चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै