Logo

१६ असार, काठमाडौं । हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो दूरीको महत्वपूर्ण वैकल्पिक मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्ड आगामी असार २५ गतेसम्म पूर्ण रूपमा बन्द रहने भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ स्थित महालक्ष्मी खोलामा मोटरेबल पुल निर्माण र उकालो सडक ढलानका लागि गत जेठ १५ गतेदेखि एक महिनाका लागि बन्द गरिएको सडक असार २५ गतेसम्म पूर्ण रूपमा सञ्चालन नहुने भएको हो ।

निर्धारित समयमै निर्माण कार्य सम्पन्न भए पनि ढलान गरिएको भागलाई पूर्ण रूपमा परिपक्व हुन र प्राविधिक रूपमा मजबुत बन्न अझै केही समय लाग्ने पूर्वाधार विकास कार्यालय, हेटौँडाले जनाएको छ ।

कार्यालयका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीका अनुसारका अनुसार सडक साँघुरो भएकाले हतारमा सवारी सञ्चालन गर्दा नयाँ ढलानको गुणस्तरमा क्षति पुग्न सक्ने भएकाले बन्दको अवधि थप १० दिन बढाइएको हो ।

सडक बन्द रहेको अवधिभर यात्रुहरुले हेटौँडा–काठमाडौँ आउजाउ गर्ने सम्पूर्ण सवारी साधनहरूलाई कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सक्नेछन् ।


सम्बन्धित समाचार
भर्खरै