१७ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाएको सूचना आफूले पाएको दाबी गर्नुभएको छ ।
पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बतायनु भएको हो ।
भदौ २६ गते राति राष्ट्रपति निवास शीतलनिवासमा बसेर आफूहरूले अर्को दुर्घटना नहोस् भनेर देशको लागि चिन्ता गरेको दाबी गर्दै त्यो बीचमा जनतामाझ देश अर्कै युगमा जाँदैछ भन्ने परिचर्चा समेत हुँदै गरेको स्मरण गरेको उहाँको भनाइ छ।
उहाँले आफूहरू त्यतिबेला संसद् विघटनको पक्षमा नभएको पनि बताउँदै यद्यपि, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अन्तरिम सरकार गठन गर्न पत्र लेखेको दोहोर्यानु भयो ।
ओलीकै सिफासिर देखेपछि आफूहरूले पनि देशलाई दुर्घटनामा जान नदिन निर्वाचनको पक्षमा बसेको उहाँको भनाई छ ।



















