Logo

१७ असार, काठमाडौं । काठमाडौँको नयाँ बसपार्कमा यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा प्रहरीले २३ जना पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंको वडा नम्बर २६, नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई तान्ने, झोला खोस्ने तथा अनावश्यक दुःख–हैरानी दिएको आरोपमा २३ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका– ११ –६० को डोल राज शेन, गोरखा,गण्डकी गाउँपालिका– ५ का–२१ वर्षीय प्रदिप भुजेल, जुम्ला गोठ्ठिचौर गाउँपालिक–४ का २७ वर्षीय लोक दर्शन पाण्डे, बांके कोहलपुर नगरपालिका–५ बस्ने २३ वर्षीय सन्देश शाही र .नगरपािलका–१२ बस्ने २८ वर्षीय मिलन भण्डारी रहेका छन् ।

यसैगरी दाङको दङ्गीशरण गाउँपालिका–६ बस्ने २४ वर्षीय रमेश खत्री र सोही उपमहानगर पालिका–२का २३ वर्षीय विकास घर्ती, रोल्पाको रुन्डीगढी गाउाँपालिका–७ बस्ने २० वर्षीय किरण पुन, रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ बस्ने २३ वर्षी रोहित बि.क.,कास्की पोखर महानगरपालिका –११ बस्ने ३२ वर्षीय सन्तोष शाही ,डडेलधुरा अरमगढी नगरपालिका–७ बस्ने ३२ वर्षी शिवराज भट्टराई रहेका छन् ।

यस्तै मुगु खप्याड गाउँपालिका– ४ बस्ने २३ वर्षीय कविराज रोकाय, दाङ तुल्सिपुर उपमहानगरपालिका–१३ बस्न २५ वर्षीये प्रकाश खत्री, रुपन्देही बुटवल उपमहानगरपालिका–४ बस्ने १९ वर्षीय रविन विश्वकर्मा, उदयपुर रौतामाई नगरपालिका–७ बस्ने २३ वर्षीय जित बहादुर मगर, कैलाली लम्किचुहा नगरपालिका–१० बस्ने ४० वर्षीय कृष्ण प्रसाद कठरिया र दाङ तुल्सिपुर नगरपालिका –१८ बस्ने १७ वर्षीय विजय नेपाली रहेका छन् ।

कैलाली गोदावरी नगरपालिका –२ बस्ने २७ वर्र्षीय पदम ओली, दाङ शान्तिनगर नगरपालिका–५ बस्ने २१ बर्षीय रिजन घर्ति मगर, स्याङ्जा गल्पाङ नगरपालिका–११ बस्ने ३२ वर्षीय कमल ज्ञवाली, कैलाली धनगढी नगरपालिका–८ बस्ने ३२ को दिपक न्यौपाने, कैलाली टिकापुर नगरपालिका–१ बस्ने १९ वर्षीय मनोज साउद र कैलाली धनगढी उपमहानगरपालिका– २ बस्ने ३८ वर्षीय प्रेम विष्ट रहेका छन् ।

प्रहरीलाई समेत अभद्र व्यवहार गरेपछि उनीहरूलाई बुधबार पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको छ।

 


सम्बन्धित समाचार
भर्खरै