२० असार,काठमाडौं । फिफा विश्वकप फुटबलको समूह चरण सम्पन्न भएसँगै प्रि–क्वाटरफाइनल (अन्तिम–१६) को समीकरण पूरा भएको छ। नकआउट चरणमा प्रवेश गर्ने अन्तिम टोलीका रूपमा कोलम्बिया ले घाना लाई १–० ले पराजित गर्दै अन्तिम–१६ मा स्थान सुरक्षित गरेको हो।
यससँगै चार पटकको पूर्वविजेता जर्मनी सहित क्रोएसिया, नेदरल्यान्ड्स, जापान, सेनेगल तथा नवप्रवेशी केप भर्डे प्रतियोगिताबाट बाहिरिएका छन्।
प्रि–क्वाटरफाइनलमा क्यानडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ग्ल्यान्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विट्जरल्यान्ड र कोलम्बिया बीच प्रतिस्पर्धा हुनेछ।
प्रि–क्वाटरफाइनलको पहिलो खेल आज राति नेपाली समयअनुसार पौने ११ बजे घरेलु टोली क्यानडा र मोरक्कोबीच हुनेछ। दोस्रो खेल भोलि बिहान पौने ३ बजे पाराग्वे र फ्रान्सबीच हुनेछ।
यस्तै, आइतबार मध्यराति पौने २ बजे ब्राजिल र नर्वे आमनेसामने हुनेछन्। सोमबार बिहान पौने ६ बजे मेक्सिको र इङ्ग्ल्यान्डबीच खेल हुनेछ।
सोमबार मध्यराति पौने १ बजे पोर्चुगल र स्पेन भिड्दा मंगलबार बिहान पौने ६ बजे आयोजक अमेरिका र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै मंगलबार राति पौने १० बजे अर्जेन्टिना र इजिप्ट तथा मध्यराति पौने २ बजे स्विट्जरल्यान्ड र कोलम्बियाबीच अन्तिम–१६ को खेल हुनेछ।



















