Logo

२१ असार, काठमाडौं । असार महिना लागेपछि १४६ निजामती कर्मचारीले राजीनामा दिएका छन् ।

राष्ट्रिय किताबखाना (निजामती) का अनुसार यो सङ्ख्या यो अवधिमा अनिवार्य अवकाशमा जानेभन्दा बढी हो । चालु असार महिनाको १ गतेदेखि १९ गतेसम्मको १५ कार्यदिनमा १४६ जनाले राजीनामा दिएका छन् भने देशभरबाट १४२ जना कर्मचारी अनिवार्य अवकाशमा गएको किताबखानाका महानिर्देशक श्रवण पोखरेलले बताउनु भयो ।

विभिन्न व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिनेको सङ्ख्या बढेसँगै ‘ई–पेन्सन’ सेवाका लागि आवेदन दिनेको चाप पनि बढेको महानिर्देशक पोखरेलको भनाई छ ।

महानिर्देशक पोखरेलले राजीनामा दिनेमा सहसचिवदेखि सहायक स्तरसम्मका कर्मचारीसम्म रहेको जानकारी दिए । उनका अनुसार यो अवधिमा राजीनामा दिनेमा ५ सहसचिव, ३३ उपसचिव २९ शाखा अधिकृत र ७९ सहायक स्तरका कर्मचारी छन् ।

राजीनामा पत्र बुझाएका कर्मचारीले पेन्सनका लागि आवेदन दिइसकेका छन् । राजीनामा दिनेको सङ्ख्या बढेसँगै पेन्सन व्यवस्थापनका लागि किताब खानालाई थप प्राविधिक र प्रशासनिक दबाब परेको महानिर्देशक पोखरेलले बताउनु भयो ।


सम्बन्धित समाचार