Logo

२२ असार, काठमाडौं । निरन्तरको वर्षासँगै आएको बाढीले डाइभर्सन बगाउँदा शनिबारदेखि ठप्प बनेको बीपी राजमार्ग अन्ततः सुचारु भएको छ ।

रोशी र दाप्चा खोलामा आएको बाढीले सडक सञ्जालमा पारेको अवरोध हटाएपछि आज बिहानैदेखि यातायातका साधनहरू सामान्य रूपमा चल्न थालेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार रातिको नियमित निषेध समयबाहेक बाँकी समयका लागि सडक पूर्ण रूपमा खुला गरिएको हो ।

आइतबार अपरान्हबाटै यातायात सेवा अवरुद्ध भई समस्यामा परेका यात्रुहरू बाटो खुलेसँगै सहज रूपमा गन्तव्यतर्फ लाग्न पाएका छन् ।


सम्बन्धित समाचार