३१ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंका भ्रमणमा निस्किएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड तीन दिने भ्रमणका लागि अहिले त्रिभुवन विमानस्थलतर्फ पुगेका छन् ।
प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा भाग लिन जान लागेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । तर कुन कार्यक्रममा सहभागी हुन लागेको भन्ने विषयमा आचार्यले स्पष्ट खुलाएनन् ।
‘ प्रवासी नेपालीले आयोजना गर्न लागेको कार्यक्रममा भाग लिन जान लाग्नुभएको हो । कार्यक्रमको विस्तृत जानकारी छैन’, आचार्यले भने ।



















