३१ असार, काठमाडौँ ।अमेरिकी राजनीतिक क्षितिजमा लामो समयदेखि प्रभावकारी भूमिका निर्वाह गर्दै आएका प्रतिष्ठित सिनेटर लिन्डसे ग्राहमको गत जुलाई १२ मा निधन भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका निकटका सहयोगी मानिने ग्राहमको यो असामयिक बिदाइले विशेष गरी इजरायल र युक्रेनको कूटनीतिक वृत्तमा ठूलो धक्का पुऱ्याएको छ । इजरायल र अमेरिकाबीच इरान सम्झौता लगायतका विषयमा असमझदारी चुलिएर सम्बन्धमा चिसोपन आइरहेका बेला ग्राहमको निधनलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
अन्तर्राष्ट्रिय मञ्चमा अमेरिकाको बलियो उपस्थितिको वकालत गर्ने उनको अनुपस्थितिले अमेरिकी वैदेशिक नीति र क्षेत्रीय सन्तुलनमा समेत गम्भीर प्रभाव पार्ने अनुमान गरिएको छ ।
ग्राहमको निधनप्रति इजरायल र युक्रेनका राष्ट्रप्रमुखहरूले गहिरो दुःख व्यक्त गर्दै उनलाई एक सच्चा मित्रका रूपमा स्मरण गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक भावुक विज्ञप्ति जारी गर्दै इजरायलले आफ्नो इतिहासकै सबैभन्दा ठूलो समर्थक र आफूले एक प्रिय मित्र गुमाएको उल्लेख गर्नुभएको छ ।
उता इरानको कट्टर विरोधी तथा युक्रेनका कट्टर समर्थक रहेका ग्राहमको बिदाइमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि गहिरो शोक व्यक्त गर्नुभएको छ ।
जेलेन्स्कीले ग्राहमलाई स्वतन्त्रता र विश्व सुरक्षाका मूल्य(मान्यताहरूको रक्षा गर्ने एक साँचो योद्धाको रूपमा चित्रण गर्नुभएको छ ।
रुसमाथि कडा प्रतिबन्ध लगाउनुपर्ने विधेयकको अभियानमा नेतृत्वदायी भूमिका खेलेका ग्राहमको निधनपछि पनि उक्त अभियानले थप गति लिन सक्ने अपेक्षा राजनीतिक विश्लेषकहरूले गरेका छन् ।



















