Logo

३१ असार, काठमाडौँ । काठमाडौँको मुटु मानिने माइतीघर मण्डला बुधबार दिउँसो राताम्मे देखियो, तर कुनै रङ वा उत्सवले होइन, किसानको पसिना र मिहिनेतका रूपमा फलेका गोलभेँडाले ।

आफूले रातदिन मिहिनेत गरेर फलाएको उपजको उचित मूल्य नपाएपछि आक्रोशित बनेका भक्तपुर र आसपासका किसानहरूले सडकमै गोलभेँडा फ्याँकेर आन्दोलनको नयाँ रूप देखाएका छन् ।

मानो रोपेर मुरी उब्जाउने किसानहरूले बजारमा आफ्ना उत्पादन कौडीको भाउमा पनि बिक्री नहुँदा र लागत समेत नउठ्दा बाध्य भएर यो कठोर कदम चाल्नुपरेको पीडा पोखेका छन् ।

आन्दोलनको अग्रपंक्तिमा रहेका किसान बम तामाङका अनुसार बजारमा उपभोक्ताले महँगोमा तरकारी किन्नुपरे पनि वास्तविक पसिना बगाउने किसानले भने उचित मूल्य पाउन सकेका छैनन् ।

विचौलियाहरूको तीव्र बिगबिगीका कारण कृषि बजार धराशयी बनेको र किसानहरू ऋणको दलदलमा फस्दै गएको भन्दै उनीहरूले तत्काल बिचौलिया संयन्त्रको अन्त्य गर्न माग गरेका छन् ।

सडकमा गोलभेँडा खन्याउँदै गर्दा किसानहरूले आफ्नो श्रमको अवमूल्यन भएकोमा गहिरो दुख व्यक्त गरे ।
उक्त प्रदर्शनका क्रममा किसानहरूले सरकारको ध्यानाकर्षण गराउन विभिन्न प्लेकार्डहरू समेत प्रदर्शन गरेका थिए ।

उनीहरूले गोलभेँडा तथा अन्य कृषिजन्य उपजको ‘ न्यूनतम समर्थन मूल्य ’ तत्काल तोक्न र किसानको सुरक्षाका लागि प्रभावकारी ‘ कृषि बिमा लागू गर्न जोडदार माग गरेका छन् ।

वर्षौँदेखि आश्वासन मात्रै बाँड्ने तर संकटको बेला किसानलाई अभिभावकत्व नदिने सरकारी नीतिका विरुद्ध उत्रिएका उनीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन् ।

दिएका छन् ।


सम्बन्धित समाचार