३१असार,वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका–११ मधुरी टोलमा विद्युतीय राइस कुकर चलाउने क्रममा करेन्ट लागेर एक महिला घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८३ असार ३१ गते बिहान करिब ९:३० बजे स्थानीय राकजुमार रामकी श्रीमती १९ वर्षीया प्रतिमा कुमारी रामलाई खाना पकाउने क्रममा विद्युतीय राइस कुकरबाट करेन्ट लागेको हो।
करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया, बारामा लगिएको छ। अस्पतालमा उनको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी बरियारपुरबाट प्रहरी नायब निरीक्षक कपिल अधिकारीको कमाण्डमा टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















