१ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजकपुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रीलंकामा आयोजित एक कार्यक्रममा समाजवादको राजनितिक रुपरेखा पेश गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका श्रीलंकामा आयोजित इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘हेण्ड्स अफ एशिया’ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै समाजवादको राजनितिक रुपरेखा पेश गर्नुभएको हो ।
बदलिँदो वैश्विक शक्ति सन्तुलन र महाशक्तिहरूबीच बढ्दो प्रतिस्पर्धाका बीच असंलग्नताको नीति तथा समाजवादी निर्माण उत्पीडित राष्ट्रहरूको साझा ऐतिहासिक आवश्यकता रहेको भन्दै दाहालले राजनीतिक रूपरेखा प्रस्तुत गर्नुभएको छ ।
सम्मेलनमा श्रीलंकाका वातावरण मन्त्री डा. दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण कार्यक्रमका कडा सर्त र अनुशासनको सामना गर्दै जनपक्षीय विकासको वैकल्पिक मार्गबारे धारणा राखेका छन् ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न राजनीतिक तथा वैचारिक विषयमा छलफल हुनेछ। संयोजक प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलका नेताहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
साइडलाइनमा उहाँले क्युबा, भेनेजुएला, ब्राजिललगायत ल्याटिन अमेरिकी मुलुकबाट सहभागी शीर्ष वामपन्थी नेताहरूसँग भेटवार्ता गर्नुभएको छ ।



















