२ साउन,चितवन । भरतपुरमा बोलेरो गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार दिउँसो करिब २:५५ बजेको समयमा भरतपुर महानगरपालिका–१० स्थित सडकखण्डमा लु.प्र.०१–००१ च ३४८९ नम्बरको बोलेरो ले ना ३६ प ९४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–१२ निवासी करिब ४० वर्षीय रमेश पाण्डे घाइते भएका छन्। घाइते पाण्डेको उपचारका लागि पुष्पाञ्जली अस्पताल, भरतपुर पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बोलेरो र चालक कपिलवस्तुको जयनगर नगरपालिका–२ बस्ने २६ वर्षीय सागर सुनार जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।



















