Logo

७ साउन,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई कांग्रेसको वरिष्ठ नेता घोषणा गरेका छन्।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा सभापति थापाले उपचाररत नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन्।

सभापति थापाले उक्त निर्णयलाई आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने जानकारी दिए। साथै, नेताहरूसँगको परामर्शपछि केन्द्रीय समिति बैठक शुक्रबारसम्म बोलाइने पनि उनले बताए।

लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका श्रेष्ठ हाल स्वास्थ्य समस्याका कारण उपचाररत छन्। थापाले उनको पार्टीप्रतिको योगदानको सम्मानस्वरूप वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरिएको बताएका छन्।


सम्बन्धित समाचार