Logo

७ साउन ,सिरहा । सिरहाको लहानमा प्रहरीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) कोटेश्वरको टोलीले बिहीबार दिउँसो गोली चलाएर उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार लहानस्थित हस्पिटल चोकमा भएको कारबाहीका क्रममा ५ जना भारतीय नागरिक र १ जना नेपाली नागरिक पक्राउ परेका छन्।

पक्राउ परेकाहरूको साथबाट २२५ ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।

कारबाहीका क्रममा एक भारतीय नागरिक र एक नेपाली नागरिकको खुट्टामा गोली लागेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको अवस्था र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार