Logo

 

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता  व्यवस्थापन गर्न र ब्याजदरलाई सन्तुलित बनाउन बजारबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

केन्द्रीय बैंकले १७९ दिनका लागि उक्त परिमाणको निक्षेप संकलन गर्न सोमबार अनलाइन प्रणालीमार्फत बोलकबोल आह्वान गरेको हो । वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिँदा खुला बजार कारोबार कार्यविधि अनुसार राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

यस बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र भाग लिन पाउनेछन् । निक्षेप संकलनको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ, जसमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिएर रकम बाँडफाँट गरिनेछ ।

सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यस उपकरणको साँवा तथा ब्याज भुक्तानी २०८३ माघ ८ गते हुने राष्ट्र बैंकले जनाएको छ ।


सम्बन्धित समाचार