Logo

११ साउन,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

आङ्देम्बेले सोमबार बिहान शीतलनिवासमा राष्ट्रपति पौडेलसँग करिब एक घण्टा छलफल गरेका हुन्। भेटका क्रममा समसामयिक राजनीतिक अवस्था, संसदीय गतिविधि तथा देशका पछिल्ला घटनाक्रमबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ।

भेटमा आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औंल्याउँदै संसद्को प्रभावकारिता बढाउनुपर्ने र आवश्यक कानुन निर्माणमा जोड दिनुपर्ने बताएका थिए।

त्यस्तै, बाढीपहिरो प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको राष्ट्रपति पौडेलले बताएका थिए।


सम्बन्धित समाचार