Logo

१२ साउन, काठमाडौं । सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले संशोधित व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो। रिटमा टेन्डर आह्वान गर्दा पत्रपत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था हटाइएकाले सञ्चारमाध्यमको आम्दानीमा प्रत्यक्ष असर पर्ने र यसले मिडिया क्षेत्र आर्थिक संकटतर्फ धकेलिन सक्ने जिकिर गरिएको छ ।

निवेदकहरूले संशोधित कानुनी व्यवस्थाले पारदर्शिता, सूचना प्रवाह तथा सार्वजनिक हितमा समेत प्रभाव पार्न सक्ने भन्दै त्यसको संवैधानिक वैधतामाथि प्रश्न उठाउनुभएको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।


सम्बन्धित समाचार