Logo

५ जेठ, वीरगञ्ज । भोजपुरी भाषा एवम् संस्कृतीका सम्बन्धमा विद्यार्थीलाई सचेत बनाउने अभियानलाई नेपाल भोजपुरी समाजले निरन्तरता दिएको छ । यसअघि विभिन्न विद्यालयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरीसकेको नेपाल भोजपुरी समाजले शुक्रवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित साउथ जोन माविका विद्यार्थीहरुलाई सचेत गराइएको छ ।

भोजपुरी भाषा, संस्कृती, रहनसहन, भोजपुरी खाना एवम् गहना लगायतको संरक्षण संवद्र्धन तथा प्रबद्र्धन गर्ने अभिप्रायका साथ निरन्तर रुपमा अभियान सञ्चालन गरिएको समाजका सचिव राजेन्द्र सिंहले बताए । सिंहले नै विद्यार्थीहरुलाई भोजपुरी भाषा, संस्कृतीका सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

आफ्नो मातृभाषाको संरक्षण आफैले गर्नुपर्नेमा जोड दिँदै सचिव सिंहले वीरगञ्ज महानगरपाकिाले मातृभाषामा पठनपाठन गराउने योजना बनाएकोमा उनले सह्राना पनि गरे ।

सोही अवसरमा समाजका अध्यक्ष ध्रुब सिंह ठकुरीले भोजपुरी भाषामा आफैले सृजना गरेको गीत प्रस्तुत गर्दै सहभागी विद्यार्थीहरुलाई पनि भोजपुरी भाषामा साहित्य सृजना गरेर भाषाको जगेर्ना गर्न आग्रह गरे । भोजपुरी भाषाको संरक्षणमा समाज गम्भिर रहेको बताउँदै समाजले साप्ताहिक रुपमा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिँदै आएको समाजका अध्यक्ष ठकुरीले बताए ।

साउथ जोन माविका प्रबन्ध निर्देशक तथा प्रधानाध्यापक सरोज चौधरीले विद्यालयबाटै भाषाप्रति अपनत्व भएमा भोजपुरी भाषा र संस्कृतीको अस्तित्व नहराउने दावी गरे । साउथ जोन माविले भोजपुरी भाषा संस्कृतीप्रति विद्यार्थीहरुलाई जागरुप बनाउँदै आएको पनि प्रधानाध्यापक चौधरीले बताउनु भयो ।


सम्बन्धित समाचार