Logo

७ जेठ,वीरगञ्ज । स्थानियहरु वासीको अवरोधका कारण अहिले खानेपानीको ट्यांकी निर्माण रोकिएको छ । नेपाल खानेपानी शाखा कार्यालय वीरगञ्जका प्रमुख निरण महर्जनका अनुसार नेपाल सरकारको “एक घर एक धारा” खानेपानी परियोजना अन्तर्गत वडा नम्बर १६ मा ट्यांकी निमार्ण गरि वडा नम्बर १५ र १६ का घरघरमा पुर्याउने लक्ष्य लिएको छ । तर स्थानीयवासीको अवरोधका कारण अहिले निमार्ण कार्य अगाडी बढाउने अवस्था नरहेको प्रमुख महर्जनले बताउनुभयो ।

२ वर्ष पहिला देखि नै ट्यांकी निर्माणको लागी पहल गरिरहँदा पनि स्थानियको अवरोधका कारण सो निर्माण कार्य अलपत्र परेको उहाँले भनाइ छ । उहाँका अनुसार निमार्ण हुन लागेकोे ट्यांकीको डिजाईन र अन्य प्रक्रिया समेत पुरा भईसकेको छ ।

४ लाख ५० हजार लिटर क्षमता भएको ट्यांकी निमार्णमा ४५ करोडको डिपिआर पनि तयार भईसकेको शाखा प्रमुख महर्जनले बताउनु भयो । अहिले स्थानियहरुको अवरोधका कारण त्यहाँ निर्माण कार्य अगाडी बढ्न नसकेको अवस्था रहेको महर्जनले बताउनुभयो ।

“निमार्णमा रोक लगाउदा केहि दिनयता अज्ञात समुहले निमार्णका लागी लगाईएको ४०–५० वटा पोलहरु झाडेर छोडेका छन्,‘ यसरी निर्माणमा रोक लगाउदा हरेका वर्ष खर्च समेत बढ्ने गरेको छ ।”

२ वर्ष पहिला पुर्व वडा अध्यक्ष श्याम चौरसियाले निर्माण कार्य अगाडी बढाउन भने पनि हालका वडा अध्यक्ष प्रशुराम चौरसिया नै निमार्ण कार्यमा बाधक बनेको महर्जनले आरोप समेत लगाउनु भएको छ । स्थानियलाई उचालेर वडा अध्यक्षले त्यहाँ ट्यांकी निर्माण गर्न नदिएको उहाँको आरोप छ ।

यता वडा अध्यक्ष चौरसियाले स्थानियलाई खानेपानी धाराको आवश्यकता नै नभएको हुँदा निर्माण कार्यमा रोक लगाएको बताउनुभयो । बाईपास हुँदै नगवा पोखरीका केही घरसम्म पाईपलाईन जडान गरिएपनि कसैले प्रयोग नगरेको उहाँको भनाइ छ ।

“त्यसमा कृषि बजार लागउने भनिएर बोर्ड लगाईएको छ, फेरी खाने पानीको पनी बोड लगाईएको छ, अब स्थानीयको मांग बजार लगाउने छ,‘उनले भने खाने पानीको पाईप लाईन बनाउदाँ त्यस क्षेत्रमा भएका चापाकलको धारा सुखेर जान्छ । कृषिको लागी छुट्याएको जग्गामा कृषिबजार नै लगाउने स्थानीयको भनाई छ ।”

सबैको घरघरमा चापाकल रहेको हुँदा खानेपानी अन्तर्गतका सरकारी धाराको कुनै आवश्यक नै नभएको हुँदा स्थानियले ट्याँकीं निर्माण गर्न नदिएको उहाँले बताउनुभयो ।

यता वीरगञ्ज महानगरपालीकाले कृषि बजारको लागी टेन्डर आहवान गरिसकेको छ । अहिले ३–४ वटा कम्पनिले ४ करोड को टेन्डर भरेको वडा अध्यक्ष चौरसियाले बताउनु भयो ।


सम्बन्धित समाचार