Logo

११जेठ,बारा । बाराको कलैयामा मोटर साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।मोटरसाइकलको ठक्करबाट कलैया उप–महानगरपालिका–२३ बस्ने ६४ वर्षकी देउकी साहको मृत्यु भएको हो।

बुधबार वडा नम्बर–६ स्थित गुप्ता पेट्रोल पम्पबाट पर्सा टोलतर्फ आउँदै गरेको बा ८५ प ७६०९ न.को मोटर साइकलले पैदलयात्री साहलाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन्।
साहको थप उपचारको लागि काठमाडौँ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बाराका प्रहरी प्रबक्ता डिएसपी पुरुषोतम पाण्डेले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक पर्सा टोल बस्ने वर्ष १८ अफरोज मंसुरीको एल एस न्युरो परवानिपुरमा उपचार भइरहेको पाण्डेले बताए।


सम्बन्धित समाचार