Logo

Belwama Dozar chalayo

२४ जेठ, वीरगञ्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ बेलवामा पनि ऐलानी जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचनाहरु वीरगन्ज महानगरपालिका हटाएको छ ।

बेलवामा रहेको ४ कठ्ठा १० धुर ऐलानी जग्गामा अतिक्रमण गरि बनाइएका घरटहरा बुधबार महानगरको टोलीले डोजरले भत्काएर खाली गराएको हो ।

यसअघि अतिक्रम हटाउन वीरगन्ज महानगरपालिकाले पटक पटक आग्रह गर्दा पनि अटेर गरिएपछि बुधबार महानगरको टोलीले आफैं डोजर लगाएर ऐलानी जग्गा अतिक्रमण मुक्त गराएको वडा नंं ५ का वडा अध्यक्ष प्रदीप चौरसीयाले बताए ।

अतिक्रमण हटाउन गएको महानगरको टोलीमा महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, सचिवालय सल्लाहकार हरि पोखरेल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको सहभागीता थियो ।

वीरगञ्ज महानगरपालिकाले शहरी क्षेत्र बाहिर रहेका सार्वजनिक सम्पतीको अतिक्रमण रोक्न र सार्वजनीक तथा ऐलानी जग्गा खोजतलाश गरी महानगरपालिकाको संरक्षणमा ल्याउने अभियानका साथ गाउँ गाउँमा समेत सार्वजनिक जग्गा खोज्ने काम भएको नगर प्रहरी इन्चार्ज हरि भुषालले बताए ।


सम्बन्धित समाचार