Logo

२५ जेठ,वीरगञ्ज । वीरगंज महानगरपालिकाले महानगरपालिका अन्र्तगत रहेका ३२ वटै वडाको सरसफाईका लागी भनेर छुट्याईएको बजेटबाट आज वडा नम्बर ९ मा ट्रयाक्टर खरीद पुजापाठ सम्पन्न भएको छ । वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताले आफनो वार्डको सरसफाईको लागी भनेर खरिद गरीएको ट्रयाक्टरको आज बिधिवत रुपले पुजापाठ गरी आजैबाट सरसफाईमा लगाईएको छ ।

पुजापाठकै क्रममा अध्यक्ष गुप्ताले आफनो वार्ड आफैले सफा राख्नु हामी सबैको कर्तब्य र जिम्मेवारी भएको भन्नुहुँदै घरबाट निस्किने फोहोर लाई वार्डबाट फोहोर संकलन गर्न आउने ट्रयाक्टरमै बिसर्जन गरी आफनो वडालाई स्वच्छ अनि सफा राख्न पनी उहाँले सम्पुर्ण वडाबासीहरुसंग आग्रह गर्नुभएको छ ।

सो अवशरमा वडा सदस्य लालबाबु कलवार, नन्द किशोर चौहान, कुमारी सोनी पासवान तथा वडा बासिहरुको सहभागीता रहेको थियो ।


सम्बन्धित समाचार