Logo

२५ जेठ,वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा अहिले जडानको क्रममा रहेको एमआरआई मेशिन अगामी असारसम्ममा जडान भई हस्तान्तरण गरिने भएको छ । एमआरआई मेशिन अस्पतालमा अगामी असार १५ गतेसम्ममा जडान भएर हस्तान्तरण गर्ने आपुर्तिकर्ताले प्रतिबद्धता जनाएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

आपुर्तिकर्ताका अनुसार बिश्वब्यापी रुपमा हिलियम ग्याँसको अभावका कारण जडान गरि सञ्चालन गर्न नसकिएको एमआरआई मेशिनको लागि चाहिने हिलियम ग्याँस पनि बुधबार अस्पतालमा आईपुगेको अस्पतालले जानकारी दिएको छ ।

आपुर्तिकर्ताले असार १५ सम्म मेशिन जडान गरि मेशिन सञ्चालन गर्ने जनशक्तिलाई तालिम समेत दिने अस्पतालको भनाई छ ।एमआरआई मेशिनमा परमानेन्ट म्याग्नेट प्रयोग हुने र त्यसलाई चिसो पार्नको लागि हिलियम ग्याँसको आवशयकता पर्ने तथा बिधुत आपुर्तिको पनि ब्यावस्था अहिले अस्पतालले गरिसकेको नारायणी अस्पतालका प्रबक्ता डा.उदय नारायण सिँहले जानकारी दिए ।उनले प्रेस बिज्ञप्ति जारी गरि आपुर्तिकर्ता र प्राबिधिकहरुका अनुसार मेशिन सञ्चालनको लागि भौतिक पुर्बाधारको समेत सम्पुर्ण ब्यावस्था गरिसकिएको बताए ।

अस्पतालमा जडान भईरहेको एमआरआई मेशिनको बारेमा सञ्चार माध्यममा आएको समाचारका बारेमा ध्यानाकर्षण भएको बताउदै डा.सिँहले एमआरआई मेशिन जडानको बारेमा प्रेस बिज्ञप्तिमार्फत जानकारी गराएका हुन ।सरकारले नारायणी अस्पताललाई पाँच सय सैयाको अस्पताल बनाउने उदेशयसहित केन्द्रिय अस्पतालको रुपमा स्तरोन्ति गरिरहेको छ ।सोहीक्रममा ०७९ साल फागुन महिनाको दोस्रो साता अस्पतालमा थ्रि टेस्ला एमआई मेशिन आएको थियो ।

उक्त मेशिनको स्वास्थय तथा जनसँख्या मन्त्रालयको बिज्ञ टोलीले अनुगमन समेत गरि जडान गर्ने स्विकृति समेत दिई सकेको छ ।अगामी असार १५ गतेसम्म एमआरआई मेशिन जडान भएपछि साउन महिनादेखि नै अस्पतालले सर्ब साधारणको लागि एमआरआई सेवा शुरु गर्ने जनाएको छ ।


सम्बन्धित समाचार