Logo

११ असार,वीरगञ्ज । पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर ५ शंकरसरैयास्थित एक सामुदायिक विद्यालयमा पंखा उपलब्ध गराईएको छ । शंकरसरैयास्थित सरस्वती सामुदायिक विद्यालयमा उपकार सेवा नेपाल नामक सस्ंथाले पाँच थान पंखा उपलब्ध गराएको हो ।

आज विद्यालयमै पुगेर संस्थाकी अध्यक्ष विद्या सरावगी सहितको टोलीले विद्यालयका प्रधानाध्यापकलाई पाँच थान पंखा हस्तान्तरण गरेको हो ।
कक्षाकोठामा पंखा नहुँदा गर्मीमा बालबालिकालाई पठनपाठनमा समस्या भएको थाहा पाएपछि उक्त पंखा सहयोग गरिएको संस्थाका सदस्य सज्जन अग्रवालले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार