Logo

१७ असार,सिम्रौनगढ। बाराको सिम्रौनगढ नगरपालिका अन्र्तगत रहेका लघुबित्त सस्ंथाको कार्यलयहरुमा सेवाग्राहीले ताला लगाएका छन् । उनीहरुले आज सिम्रौनगढ वडा नं. ६ र ७ मा पर्ने एक दर्जन लघुबित्त सस्ंथाको कार्यलयमा ताला लगाएका हुन् ।

सेवाग्राहीले लघुबित्त किस्ता आतंक बन्द गर, किस्ता उठाउन पाईदैन, दलित उठिबास बन्द गर, एक लाखदेखि २० लाखमुनिको कर्जा माफ गर, लगायतको नारा सहितको जुलुस निकाल्दै प्रदर्शन गरेका थिए ।

सेवाग्राहीले निर्धन उत्थान लघुबित्त सस्ंथा, इन्फिनिटी लघुबित्त सस्ंथा, सबैको लघुबित्त सस्ंथा, समता घरेलु लघुबित्त सस्ंथा, साना किसान, राष्ट्र उत्थान, निरोडे, सारथी, स्वरोजगार लगायतका लघुबित्त सस्ंथामा तालाबन्दी गरेका हुन् ।
साझा जागरण अभियान काठमाडौको आयोजना र स्थानीय चन्दन पासवानको नेतृत्वमा निकालिएको प्रदर्शनमा सुमित्रा देवी यादव, रेखा देवी सिंह, जिन्दु देवी पासवान लगायतका ३०० जना महिलाको सहभागिता थियो ।


सम्बन्धित समाचार