Logo

१७ असार,चितवन ।पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

गएराती १२ बजे देखि बन्द भएको सो सडक खण्डमा पहिरो पन्छाएपछि आज साँझ ५ः४५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको डिभिजन सडक कार्यलय भरतपुर चितवनका ईन्जिनियर सागर कार्कीले जानकारी दिनुभयो ।

करिव १८ घण्टा रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् । रोकिएका सवारीसाधन गन्तव्यतर्फ जानका लागि प्रहरीले ब्यवस्थापन गरिरहेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।


सम्बन्धित समाचार