Logo

१८ असार,वीरगञ्ज । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सर्लाहीको रौतहट घर भएका २४ वर्षीय सञ्जय मुखियाको मृत्यु भएको हो । दुर्घटनामा थप एक जना घाईते भएका छन् ।

सर्लाहीको चन्द्रनगर गाँउपालिका वडा नं. ७ स्थित अनुबरा खोलामा भुस लोड गरि बयलबासबाट ब्रह्मपुरी तर्फ जादैँ गरेको ना ४ ख ६९७६ नम्बरको ट्रक बाटोमा लत्रिएको बिजुलीको तारमा छुन गई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भिर घाईते भएका मुखियाको प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो । करेन्ट लागेर घाईते भएका ट्रक चालकको भने नेपाल मेडिसिटी अस्पताल बारामा उपचार भईरहेको छ ।


सम्बन्धित समाचार