Logo

२० असार,वीरगञ्ज । महोत्तरीमा कुकुरलाई मोटरसाइकलले ठक्कर दिएको विषयमा विवाद हुँदा गोली चलेको छ । मगंलबार साँझ पौने ६ बजे रामगोपालपुर नगरपालिका–१ बसबिट्टी बजारमा गोली चलेको थियो । गोली लागेर स्थानीय ४४ वर्षका श्रवण यादव घाइते भएका छन् ।

उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार जारी छ । उनीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले लक्ष्मीपुरका ३८ वर्षीय कौशल मण्डललाई पक्राउ गरेको छ । मण्डलको साथबाट प्रहरीले एउटा पेस्तोल र तीन वटा गोली बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलिपकुमार गिरीका अनुसार उनीहरूबीच कुकुरको विषयमा झगडा भएको थियो । मंगलबार साँझ कौशल मोटरसाइकल चलाएर बजार पुगेका थिए । त्यहीबेला उनले चलाएको मोटरसाइकलले श्रवणको कुकुरलाई ठक्कर दिएको डिएसपी गिरीले बताउनुभयो । विवादकै क्रममा श्रवणले अपशब्द बोलेर कौशलमाथि कुटपिट समेत गरेको डिएसपी गिरीले जानकार िदिनुभयो । कुटपिट नै गरेपछि ‘गोली हान्छु’ भनेर कौशल मोटरसाइकल लिएर हिँडेका थिए । तर केही बेरमा फर्किँदा उनले पेस्तोल बोकेर आएका थिए ।

त्यसपछि कौशलले श्रवणमाथि दुई राउन्ड गोली प्रहार गरेको हो । कौशलले पेस्तोल कहाँबाट ल्याए भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


सम्बन्धित समाचार