Logo

फाइल तस्बिर

२२ असार,सेढवा । पर्साको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले अवैध घरेलुु मदिरा बरामद गरि नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म सुवर्णपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक गोबिन्द बहादुर खातीको नेतृत्वमा गएको सशस्त्र प्रहरीको गस्ती टोलिले ठोरी गाउँपालिका वडा नम्बर–४ स्याउली बस्तीको नाका हुँदै भारत लैजादै गरेको अवस्थामा गएराती २०४ लिटर मदिरा बरामद गरेको हो ।

प्लास्टिकको झोलामा प्याकिङ गरि ५ वटा बोरामा लैजादै गरेको २०४ लिटर तैयारी घरेलु मदिरा राति १ बजेको समयमा बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक खातीले बताउनुभयो ।

बरामद गरिएको तैयारी मदिरा ठोरी गाउँपालिका वडा नम्बर–५ का अध्यक्ष अस्टबहादुर लोप्चन, नेपाल प्रहरी, सन्चारकर्मी र स्थानीयबासीको रोहवरमा नस्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले जनाएको छ ।

 


सम्बन्धित समाचार