Logo

२६ असार,वीरगञ्ज । पर्सा प्रहरीले पोखरिया नगरपालिका वडा नम्बर ९ सेमरबारीबाट लागू औसध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साकै कालिकामाई गाँउपालिका वडा नम्बर ५ का ३३ वर्षिय बृज किसोर पासवान रहेका छन् ।

प्रहरीले उनलाई १२ केजी गाँजासहित पक्राउ गरेको हो ।ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीको टोलीले सेमरबारीमा पासवानलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको झोला भित्रबाट १२ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजासहित पक्राउ परेका पासवानलाई ईलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार