Logo

२५ असोज, वीरगञ्ज ।
चारदलिय सत्तारुढ गठबन्धनले सहमतिविपरीत दलका नेताहरूले दिएको उम्मेदवारी फिर्ता गराउन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट पूर्वसहमतिविपरीत दलका नेताहरूले दर्ता गराएको उम्मेदवारी फिर्ता गराउन निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलवार एक विज्ञप्तिमार्फत आ आफ्नो पार्टीका उमेदवारहरुलाई गठबन्धनमा भएको सिट बाँडफाँटविपरीत दिएको उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको छ ।

असोज २६ गते दिनको १ वजे भित्रमा सहमती विपरित दिइएको उमेदवारी फिर्ता नलिने नेतालाई सम्बन्धित पार्टीले कारबाही गर्ने गठबन्धनको बैठकमा सहमति भएको हो ।

गठबन्धनको बैठकमा सम्बन्धित पार्टी निकायहरूले पनि यो निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्न र निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने व्यहोरा अवगत गराइन्छ,ु विज्ञप्तिमा भनिएको छ ।


सम्बन्धित समाचार