Logo

३० असार,वीरगञ्ज । सामाजिक कार्यमा सबै मिलेर अघि बढनु पर्नेमा पुर्व मन्त्री बिमल प्रसाद श्रीवास्तवले जोड दिनु भएको छ । वीरगञ्ज १६ नगवा भुटन देवी मन्दिर नजिक रहेको वृद्धआश्रममा नेपाल प्रौढ संघको आयोजना तथा किरण आँखा अस्पतालको सहकार्यमा आयोजन भएको निशुल्क आँखा परिक्षण शिविरको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पुर्व मन्त्री श्रीवास्तवले आफुले आश्रमलाई निरंतर सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रमका विशिष्ठ अतिथि पुर्व मुख्य मन्त्री तथा प्रदेश सभा सदस्य मोहमद लालबाबु राउत गदीले आफुले आश्रम बनाउन सहयोग गरेको तथा आउने दिनमा अधुरा कामहरु पनि पुरा गर्ने प्रतिब्द्धता व्यक्त गर्नु भयो । कार्यक्रममा वडा नं. १६का वडा अध्यक्ष परशुराम चौरसियाले आगामी आर्थिक वर्षमा रु पाँच लाख सहयोग गर्न बचन दिनु भयो ।

आँखा परिक्षण शिविरमा १२५ जनाको आँखा परिक्षण भएको स्वास्थ्य पत्रकार समुहका राजकुमार सरर्फाले जनाएका छन् । सो मध्य १३ जनामा मोतिया बिन्द देखिएकोले उहाँहरुको निशुल्क शल्यक्रिया किरण आँखा अस्पतालमा गराईने कार्यक्रमका संयोजक अशोक कुमार गुप्ताले जानकारी दिनु भयो ।

कार्यक्रममा वडा नं.०८का वडा अध्यक्ष रितेश गुप्ता, नेपाल प्रौढ संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल राउत, श्रवण बहादुर रायमाझी, मनोज मिश्र लगायतले मंत्व्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सबैको रक्तचाप पनि चेकजाँच गरिएको थियो ।


सम्बन्धित समाचार