Logo

फाइल तस्बिर।

३० असार,वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असहायहरूको उपचारका लागि १० प्रतिशत बेड निःशुल्क गर्न परिपत्र गरेको छ ।

मन्त्रालयले स्थानीय, प्रादेशिक र संघीय स्तरका सामुदायिक तथा निजी अस्पतालहरूलाई १० प्रतिशत बेड निःशुल्क गर्न परिपत्र गरेको हो । केही अस्पतालहरूले गरिब, विपन्न लगायतलाई निःशुल्क बेड दिन थालिसकेको मन्त्रालयले जनाएको छ ।

परिपत्र अनुसार वीरगञ्जमा रहेको नारायणी अस्पताललाई २ सय ५५ बेड गरिब, विपन्न, बेवारिसे तथा असहायहरूको उपचारका लागि १० प्रतिशत बेड निःशुल्क गर्न भनिएको छ ।

हालसम्म देशभरिका १६ वटा अस्पतालले निःशुल्क बेड दिएको छ । ती अस्पतालले अहिलेसम्म ३ हजार ५ सय २३ बेड निःशुल्क गरिसकेका छन् । वीर अस्पतालले ७००, कान्ति बाल अस्पतालले २४८, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले ६०, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ४५० र राष्ट्रिय ट्रमा सेन्टरले १५० वटा बेड छुट्याएको छ ।

त्यसैगरी, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ९०, मानसिक अस्पताल ललितपुरले ४०, कोशी अस्पतालले ३३०, गजेन्द्र नारायण अस्पतालले १००, भरतपुर अस्पतालले ४२०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३००, भेरी अस्पतालले ५०, डडेल्धुरा अस्पतालले ३०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले १५० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले १५० वटा बेड निःशुल्क उपलब्ध गराएको छ ।

 


सम्बन्धित समाचार