Logo

फाइल तस्बिर

३ साउन, वीरगञ्ज । जिल्ला प्रहरीे कार्यालय पर्साले लागु औषध सहित एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । प्रहरीले लागुऔषधसहित चितवनको खैरनी नगरपालिका–२ पर्सा टोल बस्ने २० बर्षिय सुनिल बिक रहेका छन ।

वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकमा प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले बिरगंजबाट हेटौडातर्फ जाँदै बसबाट बिकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।पक्राउ परेका उनको साथबाट लागु औषध नाइट्राभेट ट्याब्लेट ६ सय पिस बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।

पक्राउ परेका बिकलाई लागुऔषध समबन्धि कसुरामा अदालतबाट पाँच दिनको म्याद थप गराई कारवाही अघि बढाइएको गिरीले बताए ।

 


सम्बन्धित समाचार