Logo

४ साउन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली भित्र्याएको विभिन्न किसिमका सामानहरु बरामद गरेको छ । प्रहरीले चेकजाँचको क्रममा ९२ हजार ५ सय रुपैया बराबर विभिन्न किसिमका सामानहरु बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले साडी ४५ पिस,मोविल २० लिटर ,कुर्ता सुरवाल २० पिस,पस्ता २ केजी,कस्तुरी २कार्टुन गरी जम्मा ९२ हजार ५ सय रुपैया बराबरको विभिन्न किसिमका सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

बरामद गरिएका सामानहरुलाई आवशयक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएकोे गिरीले बताए ।


सम्बन्धित समाचार