Logo

५ साउन, वीरगञ्ज । वीरगञ्जका एकजनाले व्यक्तिगत रुपमा रक्तदानको आयोजना गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छप्कैया निवासी लियाकत अलीले आयोजना गरेको आकस्मिक रक्तदानमा ५५ जनाले रक्तदान गरेका छन् ।

छप्कैया स्थित एम.इ.एस स्कुल छपकैया वीरगञ्जमा, आयोजित रक्तदान एक महिला सहित ५५ जनाले रक्तदान गरेका थिए । गर्मीको समयमा रक्तदान गर्नेहरुको सङख्यामा कमि हुने र यसले रक्त सञ्चार केन्द्र पर्सामा रगतको अभाव भएकाले लियाकत अलीले व्यक्तिगत रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको बताए ।

रक्तदान गर्नेहरुमा लियाकत अलिसँगै नसिमा खातुन, रोशन केसरी, वाहित खुरसिद चौहान, साहिल हसन, संम्राट पटेल, आरभ पटेल लगायतका रहेका छन् । कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्ज पर्साका प्राविधिकले प्राविधिक सहयोग गराएका थिए ।


सम्बन्धित समाचार