Logo

६ साउन वीरगञ्ज । स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगञ्जको आयोजना निःशुल्क सुगर चेक जाँच शिविर सम्पन्न ।शनिबार आयोजना गरिएको निःशुल्क सुगर चेक जाँच शिविरमा स्थानीय अमरचौकमा प्रमुख अतिथी वीरगञ्ज महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष जगत साह कानुले चेक जाँच गराई कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नारायणी अस्पतालका फिजिसियन डा. निरज कुमार सिंह द्वारा चेक जाँच भएको थियो । शिविरमा ५३ महिला र ९४ पुरुष गरि जम्मा १४७ जनाले स्वास्थ्य सेवा लिएको सभापति कृष्ण कुमार खनालले बताउनु भयो ।

समाजका सभापति कृष्ण कुमार खनालको सभापतित्वमा भएको सो कार्यक्रममा अवसरमा उप–सभापत्ति नन्दि किशोर यादव, महासचिव दिपक साह कानू, कोषाध्यक्ष उर्मिला कुशवाहा, सचिव आशिष कुमार, केन्द्रिय सदस्यहरु सदिप चौरसिया, नालबाबु प्रसाद गुप्ता, निर्मता कुशवाहा, आशा देवी, सिता उप्रेती, विभा पराजुली, पूर्व महा सचिव ध्रुव अधिकारी तथा अन्य सर्वसाधारणहरु, वीरगंज जेसिसका पूर्व अध्यक्षहरु निशान्त लामिछाने, सन्तोष कुमार खनाल, एम्न स्थानिय हिरा यादव, महेन्द्र यादव, सुमन कार्की, विशेस्वर कुशवाहा लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार