Logo

७ साउन, वीरगञ्ज । पर्सा प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याएको २ लाखभन्दा बढीको सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट भन्सार छली चोरी पैठारी गरि ल्याएका लत्ताकपडाहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद गरिएको सामानहरुको २ लाख ६९ हजार मूल्यांकन गरी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय वीरगञ्जमा पठाइएको प्रवक्ता प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

 


सम्बन्धित समाचार