Logo

१८ साउन, वीरगञ्ज । वीरगञ्जमा छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित नोट सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१६ माईधिया पोखरी र वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट बाट प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले वीरगञ्ज १६ माईधिया पोखरीबाट प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका नोट २ सय ८० थान र नेपाली रूपैयाँ १ लाख ३३ हजार ५ सय रूपैयाँसहित तनहुँ आवुखैरनी गाउँपालिका–६ बस्ने ४० वर्षीय सुरेश दासलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई नगदसहित पक्राउ गरेको हो । यसैगरी पर्सा, वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको नोट १ सय ५० थानसहित भारत बेतिया ग्राम पञ्चायत जय नतिया–९ बस्ने २७ वर्षीय पप्पु प्रसादलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त भारतीय रूपैयाँसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार