Logo

१८ साउन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बिल बिजक भन्दा बढीको खुद्रा तथा हार्डवेयर सामानहरु बोकेको दुईवटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गएराती साढे ११ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकस्थित सडकखण्डबाट ना ३ ख ३१९९ र ना ६ ख ७१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगन्ज पथलैया सडकखण्डस्थित गण्डकमा उक्त ट्रकहरु रोकी जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी मालबस्तुहरू लोड रहेको पाईएको र बिल बिजक पनि शंकास्पद देखिएकोले नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएको ट्रक र सामान सहितको मूल्य ८४ लाख ९९ हजार ६५२ बराबरको मूल्यांकन गरी ट्रक र ट्रकमा लोड रहेको समानहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता गिरीले बताउनुभयो ।


सम्बन्धित समाचार