Logo

१८ साउन, चितवन । चितवनका पोल्टी व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार रहेका प्रदीपकुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको छ । घटनाको तीन महिनापछि रुङ्गटा चितवन जिल्ला अदालतमा विहिवार हाजिर भएका थिए ।

जिल्ला अदालत चितवनले पुर्वक्षका लागि जेल पठाउने निर्णय सुन्ने वित्तिकै रुङ्गटा अदालत परिसरमै बेहोस भएको नाटक गरेका थिए । उनी वेहोश भएको देखेपछि उनलाई उपचारकालागि भरतपुर अस्पताल लगिएको छ ।

चितवन जिल्ला अदालतका स्रेस्तेदार ईश्वरआचार्यले सो मुद्दामा रुङ्गटालाई पुर्पक्षका लागि थुनामा पठाइएको जानकारी दिनुभयो । जिल्ला न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले रुगंटालाई पुर्वक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।

व्यवसायी कँडेलले वैशाख १९ गते अनमोल फिल्डको कार्यालय वेलचोकमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको मृत्युपछि परिवारले रुङ्गटा र जीवन रावल विरुद्ध आत्महत्या दुरुत्साहन किटानी जाहेरी दिएका थिए ।

रावललाई प्रहरीले वैशाख २२ गते काठमाडौबाट पक्राउ गरी चितवन ल्याएकोथियो । उनलाई जिल्ला अदालत चितवनले पुर्वक्षकालागि फैसला गरेको थियो । करिव ३ महिनाको जेलबसाई पछि गत साउन ७ गते उच्च अदालत हेटौडाको आदेशबाट ५ लाख धरौटीमा रिहा भएका छन् ।

कँडेलको मृत्युपछि रुङ्गटा भने फरार रहँदै आएका थिए । उनी भारतको दिल्ली स्थित गुडगाउँमा डेरा लिएर वसेका थिए । प्रदीप रुगंटाको दिल्लीमा वस्दा वीरगञ्जमा फेन्सी संचालन गरेर वसेकी एक युवतीसँग दैनिक सम्पर्कमा थिए । ती युवती उनलाई भेटन केही दिन अघि मात्र दिल्ली पुगेकी थिइन् । तर उनका दाजु सुरेश रुंगटाले भने भाई अस्टेलियामा रहेको बताउदै आएका थिए ।

चितवनका युव उद्यमी तथा व्यवसायी कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रुङ्गटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनावदिएकै कारण आत्महत्या गर्नुपरेको ‘सुसाइड नोट’मा उल्लेख गरेका थिए ।

काठमाडौं थापथली अफिसमा वसेर प्रदीप रुंगटाले कंँडेललाई मानसीक तनाव दिने गरेको र पटक पटक अपमान गरेको उनका पारिवारजनले बताएका छन् ।

केही दिन अघिमात्र उच्च अदालत हेटौडाको आदेशबाट कारागार मुक्त भएका जीवन रावलको मुद्धा पछि रुगंटा चितवन आएर आज अदालत हाजीर भएका थिए । पहिलो दिन भएको थुनछेक बहसमा उनलाई पुर्वक्षकालागि कारागार पठाउने निर्णय भएको थियो ।

अदालतमा सेटिङ मिलाएर हाजीर भएका रुंगटालाई थुकछेक वहसमै कारागार चलान गरेपछि उनी अचानक वेहोस भएको नाटक गरेका थिए । उनी अहिले भरतपुर अस्पतालमा उपचारमा रहेको बताइएको छ । यता रुंगटा समूहले भने कँडेलका परिवारसँग शेयर र क्षतिपूर्तीको सहमती गरिएको बताइएको छ ।


सम्बन्धित समाचार