Logo

१ भदौ,वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईले कुनै समुदायलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति वीरगन्ज उद्योग वाणिज्य संघले विरोध जनाएको छ ।

संघका अध्यक्ष अनिल कुमार अग्रवालले एक विज्ञप्ति जारी गर्दै गत साता एक टेलिभिजन अन्तरवार्तामा देशमा “मारवाडी समुदायले अर्थतन्त्र तहस नहस तुल्याएको” भन्ने अवाञ्छित र गैरजिम्मेवार अभिव्यक्तिप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नेपालको औद्योगिकीकरण इतिहासमा अग्रभागमा रहेका तथा उद्योग, व्यापारका मार्फत् देशको अर्थतन्त्र, रोजगारी सृजना गर्नेदेखि सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, कला, खेलकूद लगायतका राष्ट्रिय जीवनका हरेक क्षेत्रमा आफ्ना महत्वपूर्ण एवम् उल्लेखनीय योगदान पु¥याउँदै आइरहेका मारवाडी समुदायप्रति दूर्गा प्रसाँईले दिएको अभिव्यक्तिले दुखी बनाएको जनाएको छ ।

देशको उद्योग, व्यापारको विकास, विस्तार र प्रबद्र्धनमा निर्वहन गर्दै आइरहेको भूमिका र योगदानलाई कदर गर्नुपर्नेमा त्यसको विपरीत एक व्यवसायी भएर अर्का व्यवसायी समूहप्रति लक्षित गरी यस्ता निकृष्ट अभिव्यक्ति दिने कार्य निन्दनीय रहेको पनि अग्रवालले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

कुनै व्यक्ति, जात, समूह, समुदाय र सम्प्रदायप्रति लक्षित गरी यस्ता नकारात्मक, अनर्गल, आधारहीन एवम् गैरजिम्मेवारपूर्ण सञ्चारमाध्यमबाट अभिव्यक्ति दिने छुट नेपालको संविधानले कसैलाई नदिएको भन्दै एउटै विषय एउटै कुरा पटक पटक विभिन्न सञ्चारमाध्यम मार्फत् प्रस्तुत गर्ने र मारवाडीले सबै सिध्यायो भन्ने अर्थहीन तथा बेतुकका कुरा गरेर सामाजिक सद्भावलाई बिथोल्न खोज्ने स्वनामधन्य व्यापारी दुर्गा प्रसाईलाई अवाञ्छित वक्तव्यबाजी नगर्न सचेत समेत गराएको छ ।

देशको समुन्नति र सामाजिक सद्भाव र जातीय एकतालाई सुदृढ बनाउन आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बेलामा यस्ता नकारात्मक भाव फैलाउने, कुनै निश्चित वर्ग वा समुदायलाई होच्याउने, गिज्याउने कार्य कोही कसैबाट हुनु नहुने र यस्ता अभिव्यक्ति दिने कार्य यथाशीघ्र बन्द गरिनु पर्ने माग समेत गरेको छ ।


सम्बन्धित समाचार