Logo

६ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ३१ भेडियाहि टोलमा आज एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोही टोल निवासी जिवत राम महराका छोरा २५ वर्षीय सूर्य प्रकाश राम मृत अवस्थामा फेला परेका हुन् ।

सुर्यलाई उनकै घरमा प्लास्टिकको डोरिको पासो लगाई झुण्डिएको देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी पाएलगतै मिलनचौक प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलि घटनास्थल पुगरे शबको मुचुल्का तयार परी पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा सिंह केसरीले जानकारी दिनुभयो । घटना विषयमा थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार