Logo

फाइल तस्विर

८ भदौ, वीरगञ्ज । आज कोशी, बाग्मती, गण्डकी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।यी ठाउँमा बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।गएराति पनि धेरै ठाउँमा पानी परेको थियो ।

केही ठाउँमा अहिले पनि पर्दैछ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा भने अहिले पानी पर्न रोकिएको छ । तर, फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । केहीबेर मौसम खुले जस्तो भए पनि फेरि पानी पर्ने उहाँले बताउनु भएको हो ।गएको सोमवारदेखि लगातारजसो पानी परिरहेको छ ।

भोलिदेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुँदै जाने मौसमविद्को भनाइ छ ।

 


सम्बन्धित समाचार