Logo

९ भदौ,चितवन । चितवन जिल्ला अदालतले गत आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढि सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको जनाएको छ । अदालतले शुक्रवार सार्वजनिक गरेको तथ्यांक अनुसार गतवर्ष सबै भन्दा धेरै सम्बन्ध बिच्छेदका १२ सय १६ मुद्दा दर्ता भएका हुन् ।

सम्बन्ध बिच्छेदमा दर्ता भएका मध्य ९ सय ९५ फर्छ्यौट हुँदा २ सय ५७ बाँकी रहेका छन् । चेक अनादरमा ७ सय २२ मुद्दा दर्ता भएका छन् । चेक अनादरमा दर्ता भएका मुद्दा मध्य ४ सय ४ फर्छ्यौट हुँदा ३ सय १८ बाँकी रहेका छन् ।

अंश सम्बन्धि ६ सय २६ मुद्दा दर्ता भएका छन् । अंश सम्बन्धिमा दर्ता भएका मुद्दा मध्य ५ सय २४ फर्छ्यौट हुँदा १ सय २ बाँकी रहेका छन् । लागु औषधमा १ सय ६८ मुद्दा दर्ता भएका छन् । दर्ता भएका लागु औषधका मुद्दा मध्य १ सय २६ फर्छ्यौट हुँदा ४२ बाँकी रहेका छन् ।

यस्तै करणी सम्बन्धि १ सय ७ मुद्दा दर्ता भएका छन् । करणी सम्बन्धि दर्ता भएका मुद्दा मध्य ७२ फर्छ्यौट हुँदा ४५ बाँकी रहेका छन् ।

गत आर्थिक वर्ष २०७९/८० मा ३ हजार ४ सय ३५ नयाँ मुद्दा दर्ता भएको चितवन जिल्ला अदालत शाखा अधिकृत नवराज सापकोटाले जानकारी दिनुभयो । उहाँले ५६ सय लगत भएको गत वर्षमा ३६ सय १३ फर्छ्यौट भएको बताउनु भयो । सापकोटाका अनुसार १९ सय ८७ बाँकी रहको छ ।

गतवर्ष चितवन जिल्ला अदालतमा ६४.५१ प्रतिशत मात्रै मुद्दा फर्छ्यौट भएको अदालतले जनाएको छ ।मुख्य न्यायाधीश जितेन्द्र थापाले जनशक्ति आभावका कारण छिटो छरितो न्याय सम्पादनमा चुनौती भएको बताउनु भयो ।

उहाँले ५ सय मुद्दा बारावर १ जना न्यायधिसको आवश्यकता भएपनि चितवन जिल्ला अदालत पर्याप्त नहुदा छिटो छरितो न्याय सम्पादनमा कठिनाई भईरहेको बताउनु भयो ।


सम्बन्धित समाचार