Logo

फाइल तस्बिर

२५ भदौ,वीरगञ्ज । वीरगञ्जमा झण्डै एक दर्जन फर्महरुमा राजश्व अनुसन्धान विभागको काठमाडौंस्थित टोलीले छापामारी गरेको छ । विभागका सूचना अधिकारी नवराज अधिकारी नेतृत्वको टोलीले एक दर्जनभन्दा बढी फर्महरुमा छापामारी गरेको हो ।

छापा मारेर टोलीले खाता, कम्प्युटरको हार्डडिस्क लगायतका सामग्रीहरु नियन्त्रणमा लिएको छ । हार्डवेयर एसोसिएसन वीरगंज पर्साका सचिव अनिल सर्राफले विभिन्न फर्ममा अनुगमनको नाममा कागजात एवं कम्प्युटरको डेटा नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

अनुगमन टोलीले वीरगंजको लिंकरोडस्थित निधि हार्डवेयर, बाइपासरोडको ओम हार्डवेयर, अनिल हार्डवेयर, जय माता दि आइरन, आनन्द हार्डवेयरमा छापा मारेको थियो । काठमाडौंमा नियन्त्रणमा लिएको ट्रकका सञ्चालकको बयानको आधारमा फर्महरुमा अनुगमन गरेको विभागका महानिर्देशक नवराज ढुंगानाले बताउनुभयो ।

वीरगंजका केही फर्मले लुज बिल दिएको जानकारी आएपछि अनुसन्धान अगाडि बढाइएको उहाँको भनाइ छ ।


सम्बन्धित समाचार